सोमबार, साउन १८, २०८३

लिभरपुललाई पछि पार्दै सिटी शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटी लिभरपुललाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा फुलह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीले शीर्ष स्थानमा दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकको अग्रता बनाएको छ । दुबै टोलीले समान ३१ खेल खेल्दा सिटी लिभरपुल भन्दा १ अंकले अगाढी रहेको छ । सिटीको जितमा बर्नाल्डो शिल्भा र सर्जियो अग्युरोले एक एक गोल गरे । 

दुबै गोल खेलको पहिलो हाफमा सम्भब भएका थिए । खेलको पाँचौ मिनेटमा शिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै अग्युरोले २७ औ मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण सहज जित दिलाए । 

शीर्ष स्थानको सिटीले ३१ खेलबाट ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलले ७६ अंक जोडेको छ । लगातार आठौं हार व्यहोरेको फुलह्याम १७ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।