शुक्रबार, चैत २७, २०८२

युभेन्ट्सको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा संर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीमाथी १-० को संघर्षपूर्ण जित निकालेको हो । 

घरेलु मैदानमा युभेन्ट्सको जितका लागि खेलको एक मात्र निर्णायक गाले मोइस किनले गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा केनले गोल गर्दै टोलीलाई हारबाट बचाए । 

दोस्रो हाफमा मैदन प्रवेश गरेका किनले मैदान प्रवेश गरेको तिन मिनेट नबित्दै उत्कृष्ट गोल गरेका हुन् । उनी खेलको ६९ औं मिनेटमा ब्लेइस माटुइडीको स्थानमा मैदान प्रवेश गरेका थिए । खेलको ७२ औं मिनेटमा किनले गोल गर्दै युभेन्ट्सलाई महत्वपुर्ण ३ अंक दिलाए । 

जितसँगै युभेन्ट्सले युभेन्ट्सले २९ खेलबाट ७८ अंक जोड्दै शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको नेपोलीको ६० अंक रहेको छ । पराजित इम्पोली २७ अंकसहित १७ औं स्थानमा रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।