सोमबार, साउन १८, २०८३

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कप्तान लियोनल मेस्सी नायक बनेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्पानियोललाई २-० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

बार्सिलोनाको जितका लागि दुबै गोल कप्तान मेस्सी गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुवाती अग्रता दिलाए । 

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।