शुक्रबार, चैत २७, २०८२

आइपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले जारी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ट सुरुवात गरेका छन् । कोलकाता नाइट राइडर्सविरुद्ध पहिलो रोजाइमा खेल्दै सन्दीपले उत्कृष्ट सुरुवात गरेका हुन् । 

सन्दीपले कोलकाताविरुद्ध ४ ओभर बलि‌‌ङ गर्दै २९ रन खर्चेर १ विकेट लिए । सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । उनले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले ६ रन खर्चे ।  उनले आफ्नो दोस्रो ओभरमा निकै दवावमा रहेका नाईकलाई एलबीडब्लू आउट गरे । 

आफ्नो तेस्रो ओभरमा उनले शुभ्मन गिललाई रनआउट गराए । उनले ३ ओभर सकिसक्दा मात्र १२ रन खर्चेर १ विकेटको अवस्थामा थिए । तर, उनी चौथो ओभरमा उनी निकै पिटिए । 

१२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रुसेल स्ट्राइकमा आए । रुसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।