सोमबार, साउन १८, २०८३

सन्दीप कोलकाताविरुद्ध पहिलो रोजाईमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने जारी सिजनको पहिलो खेल खेल्ने पक्का भएको छ । उनले दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्ध खेल खेल्ने पक्का भएको हो । 

दिल्ली कै घरेलु मैदानमा हुने खेलमा सन्दीप पहिलो रोजाइमा परेका हुन् । आजको खेलमा विदेशी खेलाडीको रुपमा दुई जना खेलाडीले मात्र स्थान पाउँदा पिन सन्दीप टोलीमा अटाएका हुन् । जहाँ सन्दीप र क्रिस मोरीस यस खेलका लागि विदेशी खेलाडीको रुपमा टोलीमा परेका हुन् । यसअघिको खेलबाट किमो पल टोलीमा परेका छैनन् । 

दिल्लीले अमित मिश्रा र सन्दीपलाई स्पिनरको रुपमा खलाउँदै छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । 

कोलकताले ब्याटिङको निम्तो पाएको छ । दिल्लीले आजको खेलमा ४ खेलाडी परिवर्तन गरेको छ । अक्षर पटेलको स्थानमा हनुमा विहारी, किमो पलका स्थानमा क्रिस मोरिस, राहुल टेवाटियाको स्थानमा हर्षल पटेल र सन्दीपलाई मौका दिएको छ । 

आजको खेद्यका लागि शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा र हर्षल पटेलसुरुवाती ११ मा परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।