शुक्रबार, चैत २७, २०८२

कलेज क्रिकेट लिगको फाइनलमा ट्रिटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ट्रिटन कलेज कलेज क्रिकेट लिग (सीसीएल)को फाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा हिमालय कलेजलाई ८ विकेटले पराजित गर्दै ट्रिटन फाइनलमा प्रवेश गरेको हो । 

वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको ट्रिटनले हिमालयलाई चार विकेटको क्षतिमा २३ रनमै रोकेको थियो । जवाफमा ट्रिटनले ३ दशमलव ३ ओभरमा २६ रन बनायो ।

हिमालयले आक्रमक ब्याट्सम्यान विनोद भण्डारी र आदिल खानलाई पेभिलियन फर्काएपनि प्रदिप ऐरि र अरुण ऐरिले सहन जित दिलाए । अरुणले ११ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाए । म्यान अफ द म्याच भएका अरुणले एक विकेट पनि लिएका थिए । प्रदिपले चार रन बनाए । हिमालयका लागि कप्तान रुपेश सिंहले दुई विकेट लिएका थिए ।

त्यसअघि राष्ट्रिय टोलीका स्पिनर ललित नारायण राजवंशीले ट्रिटनलाई पहिलो ओभरमै सफल दिलाएका थिए । अब ट्रिटनले उपाधिका लागि गोलडेन गेटसँग भिड्ने छ । गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

प्रतियोगितामा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिसिजले २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।