शुक्रबार, चैत २७, २०८२

दाउफिन्सलाई पराजित गर्दै आयोजक मकवानपुर च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
काठमाडौं- दोस्रो संस्करणको भूगर्भ सिमेन्ट मकवानपुर गोल्डकप फुटबलको उपाधि आयोजक मकवानपुर-११ ले जितेको छ । शनिबार भएको फाइनलमा क्यामरुनको दाउफिन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले उपाधि उचालेको हो ।

मकवानपुरको जितका लागि योगेश गुरुङले दुई गोल गरे । उनले दुबै गाले पेनाल्टीमा गरेका थिए । सुरुवाती अग्रता जोगाउन नसक्दा दाउफिन्स पराजित भएको हो । खेलको ५ औं मिनेटमा यात्रिक ओवानाले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, खेलको ९ औं मिनेटमा योगेशले पेनाल्टीमा गोल गर्दै मकवानपुरलाई खेलमा फर्काए । यस्तै खेलेको ८२ औं मिनेटमा योगेशले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै मकवानपुरलाई उपाधि दिलाए । उपाधिसँगै आयोजक मकवानपुरले ८ लाख प्राप्त गरेको छ । उपविजेता बनेको दाउफिन्सले ४ लाखमा चित्त बुझायो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।