आइतबार, चैत २९, २०८२

आठौंका खेल चैत २७ बाट सुरु हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलहरु चैत २७ गतेबाट सुरु हुने भएका छन् । प्रतियोगिताको उद्घाटन बैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुने भएपनि खेलहरु भने चैत २७ बाट सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्नै जानकारी दिएको हो । प्रतियोगिताको समापन नेपालगञ्ज रंगशालामा नै बैशाख ११ गते हुनेछ ।

प्रतियोगिताका अधिकांस खेलहरु बाँकेमा हुने छन् । त्यस्तै केहिह खेल दाङ, बर्दिया, रुपन्देही र कपिलवस्तुका संचालन हुने छन् । तीन खेल भने प्रदेश नम्बर ५ भन्दा बाहिर हुने छन् । स्क्वास ललितपुरमा हुने छ भने प्यिाराग्लाइडिङ पोखरा र गल्फ काठामाडौंमा संचालन हुने छन् ।  

प्रतियोगितामा कुल ३५ खेलका ५ हजार बढी महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८२५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी रहेका छन् । यस्तै ६४० प्रशिक्षक र ४६१ टिम व्यव्स्थापक रहनेछन् । 

प्रतियोगिता संचालन गर्न ९२२ राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक रहने छन् । खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् । आठौंमा राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन् ।

प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । आठौंमा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, तेक्वान्दो, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हकी, सुटिङ, जिम्न्याष्टिक, साईकिलिङ, आर्चरी, फेन्सिङ, पौडी र ट्रायथलन खेल समावेश गरिएको छ । 

यस्तै एथ्लेटिक्स, फुल कन्ट्याक्ट कराँते, ब्याटमिन्टन, बास्केटबल, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, तेक्वान्दो, कबड्डी, बुद्विचाल, खोखो, सेपाकताक्रो, स्क्वास, प्याराग्याईडिङ, कुस्ती र गल्फ समावेश गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।