शुक्रबार, चैत २७, २०८२

कोलकाताविरुद्धको खेलमा सन्दीपको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शनिबार राती नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । दुई खेल खेलेको दिल्लीले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । 

आफ्नो तेस्रो खेलमा दिल्लीले फिरोज कोट्ला स्टेडियममा कोलकाताको सामना गर्दै छ । कोट्लामा नै भएको पहिलो खेलमा सन्दीप विनाको दिल्ली पराजित भएको थियो । 

पराजित पछि सन्दीपलाई नखेलाएको भन्दै क्रिकेट विषेशज्ञहरुले दिल्लीको आलोचान सुमेत गरेका थिए । किनकी दिल्लीको फिरोज कोट्ला मैदानको पिच रिपोर्टलाई हेर्ने हो भने स्लो र लो बाउन्स विकेट पिच हो । जुन स्पिनर बलरका लागि उपयुक्त मानिन्छ । 

त्यसैले उक्त मैदानमा सन्दीपले राम्रो प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ । तर, अन्तर्राष्ट्रिय संचार मध्यमले दिल्लीको सम्भावित ११ मा सन्दीपले अक्सर पटेललाई विस्तापित गर्नु पर्ने देखिन्छ । पटेलले दिल्लीका लागि दुई खेलमा १ विकेट मात्र लिएका छन् । 

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार क्रिकेटविज्ञहरुले सन्दीपलाई खेलाउनु पर्ने माग गरेका छन् । क्रिकेट विशेषज्ञहरुले सन्दीपलाई कोट्ला रंगशालामा खेलाउन एक कोलाहल नै सृजना गरेका छन् । 

अमित मिश्रालाई भने सजिलै सम्भावित ११ मा राखिएको छ । किनकी जारी सिजनमा निकै नै प्रभाव जमाएका कोलकाताका आन्द्रे रुसेलविरुद्ध मिश्रको रेकर्ड राम्रो छ । कठिन स्थितिमा पनि एक्लैले खेल परिवर्तन गर्न सक्ने रुसेलको कमजोरी भनेको स्पिन बलिङ हो । 

उनले स्पिन बलिङमा मात्र १ छक्का प्रहार गरेका छन् । तर, दुर्भाग्यबस दिल्लीका कुनै पनि स्पिनरले राम्रो खेल पस्कन सकेका छैनन् । भने नेपाली लेग स्पिनर सन्दीपले अवसर पाएका छैनन् । त्यसैले पनि कोलकाताविरुद्ध दिल्लीका लागि सन्दीप वैकल्पिक स्पिनर खेलाडी बन्न सक्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।