सोमबार, साउन १८, २०८३

आठौं राष्ट्रिय खेलकुद बैशाख पहिलो साताबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो । 

यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । पछिल्लो समय राखेप सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आउनुभएको थियो । 

नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण नयाँ मिति तय गरिएको हो । 

प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रतियोगिताका केही खेल चैतमै सुरु हुने जानकारी दिएका छन् । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।