शुक्रबार, चैत २७, २०८२

हैदरावाद ५ विकेटले विजयी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराईजर्स हैदरवादले आफ्नो पहिलो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा मात्र ५ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय पारी खेले । 

उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडेका हुन् । यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए । युसुफ पठान १६ तथा राशिद खान १५ रनमा अविजित रहे ।  राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै १ सय २ रनको शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

५५ बल खेलेका सन्जुले १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको  शतक पहिलो शतक हो । त्यस्तै कप्तान अजिंका रहानेले ७० रनको अर्धशतकीय पारी खेले । हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।