सोमबार, साउन १८, २०८३

सलाह आफ्नै आमाका कारण ट्रोलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- एजिप्टियन फरवार्ड मोहमद सलाहले लिभरपुलमा डेढ सिजन बिताएका छन् । उनी गत सिजन लिभरपुलमा पुगेपछि उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिगको फाइनल सम्म पुर्याएका थिए । 

तर, पछिल्लो समय सलाह आफ्नै आमाका कारण ट्रोल बनेका छन् । विश्वभर थुप्रै समर्थक भएका सलाहले एक प्रशंसकसँग अंकमाल गरेको तस्बिर भाइरल भएको थियो । जुन तस्बिर उनकी आमालाई राम्रो लागेन् । 

उनले उक्त तस्बिर सलाहलाई व्हाट्सएप गर्दै लेखेली थिइन्, ‘यदी मैले तिम्रो बुबाले यस्तो हर्कत गरेको देखेको भए म डिभर्सका लागि सोध्ने थिए ।’ तर, उक्त आमासँगको कुराकानीमा सलाहले मुस्कान सहितको इमोजी पठाउँदै कुरा गरेका छन् । 

उनले उक्त कुराकानी आफ्नो इनिस्ट्राग्रममा सार्वजनिक गरेका छन् । जसमा सलाहले बताएका छन् की उनको आमाको उक्त टिप्पणी एक मजाक थियो । सलाहले २०१३ मा आफ्नै बाल्यकालको साथी मागी सलाहसँग विहे गरेका थिए । 

जारी सिजनमा सलाहले प्रिमियर लिगका ३० खेलमा १७ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् । उनले लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि दौडमा पुर्याउन महत्वपूर्ण भुमिका खेलेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।