बिहीबार, चैत २६, २०८२

मुम्बईको पहिलो जित, बैंगलोरको दोस्रो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । बिहिबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धाति २० ओभरमा ५ विकेट गुमाएर मात्र १ सय ८१ रन बनाउन सक्यो । बैंगलोरका लागि एबी डेभिलियर्स अविजित ७० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कप्तान विराट कोहलीले ४६ रन जोडे । यससँगै विराटले आएपिएलमा ५ हजार रन पुरा गरेका छन् । पार्थिब पटेलले ३१ रन जोडे । मुम्बईका लागि जसप्रित बुमराहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङबो निम्तो पाएको मुम्बईले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे ।

त्यस्तै हार्दिक पाण्ड्याले ३२ रन जोड्दा युवराज सिंह क्वीन्टन डी ककले समान २३-२३ रन जोडेका थिए । बैंगलोरका लागि युजबेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए । उमेश यादब र मोहमद सिराजले दुई दुई विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।