एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका तीन खेल गुमाउने भएका छन् । टुरिनको राष्ट्रिय संचार माध्यम कोरिरे डेला सेराका अनुसार रोनाल्डोले सिरी ‘ए’का तीन खेल गुमाउने भएका हुन् ।
रुस विश्व कप २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका रोनाल्डो सोमबार युरो कप छनोटमा सर्बियासँगको खेलमा घाइते भएका थिए । सोहि कारण उनलाई च्याम्पियन्स लिगका लागि विश्राम दिइएको बताइएको छ ।
उनी च्याम्पियन्स लिगमा १० अप्रिलमा हुने अयाक्ससँगको क्वाटरफाइनलको पहिलो लेग सम्म फिट हुने अनुमान गरिएको छ । रोनाल्डोले सिरी ‘ए’ अन्तर्गत ३० मार्चमा एम्पोलीसँग हुने खेल गुमाउने छन् ।
त्यस्तै २ अप्रिलमा काग्लियारीसँगको खेल गुमाउने छन् भने तेस्रो खेल ६ अप्रिलमा मिलनसँग अनुपस्थिती रहने छन् । उनी मेडिकल परिक्षण्का लागि यती बेला मिलनमा रहेको बताइएको छ ।
रोनाल्डोले च्याम्पियन्स लिगमा आयाक्ससँगको खेल सम्म आफु फिट भैसक्ने बताएका छन् । उनले आफु आयाक्ससँगको खेलका लागि पूर्ण रुपमा फटि भैसक्ने विश्वस दिलाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४