बिहीबार, चैत २६, २०८२

मेस्सीले कोपा अमेरिका खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्टार खेलाडी लियोन मेस्सीले राष्ट्रिय टोलीबाट यस सिजनको कोपा अमेरिका खेल्ने भएका छन् । आउदो जुनबाट ब्राजिलमा सुरु हुने कोपा अमेरिकामा मेस्सीले खेल्ने पक्का भएको अर्जेन्टिनी राष्ट्रिय टोलीका प्रशिक्षक लियोनेल स्कालोनी बताएका छन् ।

रुस विश्वकप २०१८ पछि पहिलो पटक मेस्सी भेनेजुएलासँगको मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका थिए । भेनेजुएलासँगको मैत्रिपूर्ण खेलमा घाइते भएपछि मेस्सीले मोरोक्कोसँगको मैत्रिपूर्ण खेल खेलेनन् । तर, मेस्सीले यस सिजनको कोपा अमेरिका खेल्ने आसा रहेको प्रशिक्षक स्कालोनीले बताएका छन् । 

‘मेस्सी कोपा अमेरिकामा उपस्थित हुन्छन् । आसा गर्रौ उनी उक्त समय पूर्ण रुपमा फिट रहने छन् ।’ प्रशिक्षक स्कालोनीले भने, ‘हामीले भेनेजुएलासँगको खेल पछि कुरा गरेका थियौ की टिमलाई कसरी राम्रो बनाउन सकिन्छ ।’ 

उनले थपे, ‘हामीले मेस्सीमा मात्र निर्भर रहेर हुँदैन् । उनको अनुपस्थितीमा उनको स्थान लिने खेलाडीका लागि काम गर्नु पर्ने छ । जहाँ मेस्सीले पनि साथ दिने छन् ।’ 

मेस्सीले अर्जेन्टिनालाई आफ्नो फुटबल जिवनमा तीन पटक कोपा अमेरिको फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए । तर, उनले तीनवटै पटक उपाधि भने जित्न सकेनन् । अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।