बिहीबार, चैत २६, २०८२

एमबाप्पेका लागि रियल कीर्तिमानी मुल्य तिर्न तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्सेली तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न रियल मड्रिड कीर्तिमानी मुल्य तिर्न तयार रहेको बताइएको छ । 

पछिल्लो समय खराब लयबाट गुज्रिरहको रियललाई पुनः लयबद्द बनाउन एमबाप्पेबा लागि २ सय ८० मिलियन युरोको कीर्तिमानी मुल्य तिर्न तयार रहेको बताइएको छ । प्रशिक्षक जिनेदिन जिदान क्लबमा फर्किएपछि उनले रियलको सुरुवाती लाइनअपलाई बलियो बनाउन  खेलाडी अनुबन्ध प्रकृया सुरु गरेका छन् । 

सेहि अनुरुप जिदानले आफ्नो पहिलो रोजाइमा युवा खेलाडी एमबमप्पेलाई राखेको खुलासा भएको छ । आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिदानले चासो देखाएका छन् । 

दुई वर्षअघि पिएसजीसँग अनुबन्ध हुनु पुर्व पनि एमबाप्पे रियलमा आबद्ध हुने चर्चा चलेको थियो । तर, केही प्रविधिक कारणका बाबजुद उनी पिएसजीमा अनुबन्ध भएका थिए । प्रशिक्षक जिदानको रोजाइमा एमबाप्पेसँगै इडेन हाजार्ड, लेरोई साने, माउरो इकार्डी र ह्यारी केन पनि रहेको खुलासा भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।