सोमबार, साउन १८, २०८३

कोलकाताको लगातार दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित निकोलेको छ । बुधबार राती भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै कोलकाताले लगातार दोस्रो जित निकालेको हो ।

कोलकाताले दिएको २ सय १९ रनको पट्याएको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर मात्र १  सय ९० रन बनाउन सक्यो । पन्जाबका लागि मायांक अग्रवालले ५८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

त्यस्तै डेभिड मिल्लरले अविजित ४३ रन बनाए । क्रिस गेल २० रनमा पेभिलियन फर्किएका थिए । कोलकाताका लागि आन्द्रे रुसेलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । कोलकाताका लागि विशाल योगफल तयार गर्न नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय पारी खेले । रोबिन ६७ रनमा अविजित रहदा नितिशले ६३ रनको योगदान दिए । यस्तै आन्द्रे रुसलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए ।

पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती, हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए । पहिलो खेलमा कोलकाताले सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको थियो । पन्जाबको यो पहिलो हार हो । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।