काठमाडौं- अर्जेन्टिनामा आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगिता खेल्न जाने नेपालली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ । आउदो अप्रिल १ तारिख देखी अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसलका लागि १२ सदस्सिय फुटसल टोलीको घोषणा भएको हो ।
नेपाली टोलीमा कप्तान समीरसँगै दिपेन्द्र रसाइली, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेश मान श्रेष्ठ र सन्जिब तामाङ रहेका छन् । टोलीको प्रशिक्षकमा कमल विष्ट रहेका छन् ।
खेल तालिका अनुसार समूह ‘डी’ मा नेपाल सहित क्यानडा, क्याटलना र फ्रान्स रेहेका छन् । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल क्यानडासँग १ अप्रिलमा खेल्नेछ ।
त्यस्तै दोस्रो खेल २ अप्रिलमा क्याटलनाको सामना गर्ने छ भने तेस्रो खेल ३ अप्रिलमा फ्रान्सको सामना गर्ने छ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । नेपालले २०१८ को डिसेम्बरमा पाकिस्तानमा भएको फुटसलमा उपविजेता भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४