बिहीबार, चैत २६, २०८२

जिसस र फिर्मिन्होको गोलमा ब्राजिल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिल विजयी भएको छ । मंगलबार राती चेक रिपब्लिकसँग भएको खेलमा जिससको उत्कृष्ट प्रदर्शनले ब्रजिल विजयी भएको हो । 

चेक रिपब्लिकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पाहुना टोली ब्राजिले ३-१ को जित निकालेको हो । ब्राजिलको जितमा ग्याब्रियल जिससले दुई गोल गर्दा राबर्टो फिर्मिन्होले एक गोल गरे । घरेलु टोलीका लागि डेबिड पाभाल्काले एक गाल फर्काएका थिए । 

३७ औ मिनेटमा डेबिड पाभाल्काले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४९ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए । ८३ औ मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा जिससले नै व्यक्तीगत दोस्रो गोल गर्दै ब्रजिललाई ३-१ को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।