फाइल तस्बिर
काठमाडौं- न्यु डायमन्ड एकेडेमीले क्रोएसियामा यु-१५ उमेर समूहको इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) वल्ड स्कुल भलिबल च्याम्पियनसिप खेल्ने भएको छ ।
उमेर समूहमा अन्तर्राष्ट्रिय एक्स्पोजको लागि नेपालको प्रतिनिधित्वगर्दै न्यु डायमन्डले सहभागिता जनाउने पक्का भएको एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले टोलीले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहनेछ । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्ड को दुर्य टोली, स्पेन र युक्रेन रहेका छन् ।
प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको लागि करिव २५ लाख खर्च हुने र यो खर्च एकेडेमी आफैले बेहोर्ने प्रशिक्षक राईले बताए । इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै डायमन्डको सहभागिता निश्चित भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४