बिहीबार, चैत २६, २०८२

स्पिनरका लागि उपयुक्त कोट्लामा सन्दीपले मौका पाउलान्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो सुरुवाती खेलमा जित निकालेको दिल्ली क्यापिटल्स् र चेन्नाई सुपर किङ्ग मंगलबार आमने सामने हुँदै छन्। दिल्लीको घरेलु मैदान फिरोज साह कोट्ला रंगशालामा राती ८:१५ बजे दुबै टोली आमने सामने हुन लागेका हुन्। 

दिल्ली र चेन्नाईले आइपिएलमा १८ पटक एक अर्काबिच प्रतिस्पर्धा गरेको छन्। जहाँ चेन्नाई बलियो देखीएको छ। १८ भेटमा चेन्नाईले १२ पटक जित निकाल्दा दिल्लीले ६ पटक मात्र चेन्नाइलाई पराजति गरेको छ। दिल्ली र चेन्नाई भिड्ने आजको मैदानमा दूबै टोलीले सात पटक भिटेका छन्। तर, दिल्लीले दुई पटक मात्र जित निकोलेको छ भने पाँच पटक हारेको रेकर्ड छ। 

दिल्लीको फिरोज साह कोट्ला मैदानको पिच रिपोर्टलाई हेर्ने हो भने स्लो र लो बाउन्स विकेट पिच हो। जुन स्पिनर बलरका लागि उपयुक्त मानिन्छ। त्यस्ले पनि आजको खेलमा सन्दीपको स्थान हुन आवस्यक छ। लयमा रहेका र अर्को तिर आजको खेल मैदानको पिच स्लो तथा लो बाउन्स भएकाले सन्दीपले स्थान पाउन सक्ने अनुमान पनि गरिएको छ। स्थान पाए सन्दीपले आफूलाई उत्कृष्ट प्रमाणित गर्नेमा पनि कुनै शंका छैन। किनकी उनले अन्य विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफूलाई प्रमाणित गरिसकेका छन्। उनले गत वर्ष दिल्लीबाट नै आएपिएलका तीन खेल खेल्दै पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए। 

चेन्नाई कि–प्लेयर (ब्याटिङ)– सेन वाट्सन, सुरेस रैना र एमएस धोनी

सुरेस रैना आइपिएलमा सर्वाधिक ५ हजार रन बनाउने पहिलो खेलाडी हुन्। त्यसैले पनि उनी आफ्नो उक्त लयलाई दिल्ली सामु पनि निरन्तरता दिने विश्वास गरिएको छ। वाट्सन पहिलो खेलमा डक भएपनि उनी राम्रो ब्याट्सम्यान हुन्। हामी वाट्सनको क्षमतालाई हेर्न सक्छौ। उनलाई धेरैले दिल्लीविरुद्धको खेलबाट लयमा आउन सक्ने कनुमा गरिएको छ। अम्बाती रायुडु चेन्नाइका शिर्ष स्कोर कर्ता हुन्। जसले गर्दा उनले यस खेलमा पनि महत्वपूर्ण भूमिका खेल्ने छन्। 

एमएस धोनी चेन्नाइका लागि सदाबहार महत्वपूर्ण खेलाडी हुन्। उनले चेन्नाईका रहेक खेलमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। 

चेन्नाई कि–प्लेयर (बलिङ)– हर्बजन सिंह, इमरान ताहिर र दीपक चाहार

स्पिनरद्वोय हर्बजन सिंह र इमरान ताहिरले रोयल च्यालेन्जर्स वेङ्लोरलाई पराजित गर्नका लागि निकै नै महत्वपूर्ण भूमिका खेलेका थिए। दूबै खेलाडीले समान तीन–तीन विकेट लिए। दिल्लीको पिच स्पिनर भएकाले दूबै खेलाडीलाई झनै सहज हुने अनुमान गरिएको छ। जहाँ दूबै खलाडीले दिल्लीलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेल्ने छन्। 
चेन्नाइका लागि अर्का महत्वपूर्ण बलर हुन् दीपक चाहार। जुन उनले आफ्नो क्षमता सुरुवाती खेलमा देखाइ सकेमा छन्। 

दिल्ली कि–प्लेयर (ब्याटिङ)– शिखर धवन, रिसभ पन्त र कालिन इनग्राम

रिसभ पन्त विभिधता पुर्ण विकेट किपर ब्याट्सम्यान हुन्। उनले जारि सिजनको पहिलो खेलमा ७८ रनको अविजित उत्कृष्ट पारि खेलका थिए। उनले मत्र २७ बलमा सात चौका र ७ छक्का प्रहार गर्दै महत्पुर्ण ७८ जोडेका थिए। शिखर धवन र कालिन पनि दिल्लीका महत्वपूर्ण खेलाडी हुन्। दूबै खेलाडीले मुम्बईविरुद्धको खेलमा महत्पूर्ण योगदन दिएका थिए। धवनले ४३ रन जोड्दा कालिनले ४७ रन जोडेका थिए।

दिल्ली कि–प्लेयर (बलिङ)– कागिसो राबडा, ट्रेनट बोल्ट र इसान्त शर्का

राबडाले पहिहलो खेलमा मुम्बईलाई सस्तैमा समेट्न उत्कृष्ट बलिङ गरेका थिए। जहाँ चार ओभर गर्दै मात्र २३ रन खर्चेर दुई विकेट लिएका थिए। त्यस्तै शर्माको प्रदर्शन पनि सन्तोस जनक रहेको थियो। उनले चार ओभरमा दुई विकेट लिँदै ३२ रन खर्चेका थिए। बोल्ट पनि उत्कृष्ट बलर हुन्। उनले मुम्बईविरुद्धको खेलमा सोचे अनुरुप प्रदर्शन गर्न नसके पनि एक विकेट लिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।