सोमबार, साउन १८, २०८३

फ्रान्सको जितमा एमबाप्पे नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- विश्व विजेता फ्रान्सले युरो कप छनोटमा आइसल्यान्डलाई पराजित गरेको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा फ्रान्सले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।  

फ्रान्सको जितका लागि सामुएल उम्टिटी, ओलिभर जिरुउड, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले समान एक एक गोल गरे । खेलको १२औं मिनेटमा उम्टिटीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । 

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप तीन गोल गर्यो । ६८औं मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । ७८औं मिनेटमा युवा स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्सले ३-० को बनायो । 

८४ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपछि फ्रान्सले ४-० को सहज जित निकालेको हो । यस खेलमा युवा स्टार खेलाडी एमबाप्पे नायक बने उनले आफ्नो टोलीको जितका लागि एक गोल र दुई असिस्ट समेत गरेको थिए ।

जितसँगै फ्रान्स समूह ‘एच’ मा अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित आइसल्यान्ड ३ अंकसहित चौथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।