एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलाभेन पन्जाबले रोमान्चक जित निकालेको छ । सोमबार राती भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै रोमन्चक जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धाति २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जस बटलरले ६९ रनको योगदान पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४३ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडेका थिए ।
सन्जु स्यामसन ३०, कप्तान अजिंक्या रहाणे २७, स्टिभ स्मिथले १९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । पञ्जावका लागि साम करन, मुजिव उर रहमान, अंकित राजपुतले समान दुई विकेट लिदा आश्विनले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पञ्जावले निर्धाति २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । पञ्जावका लागि ओपनर क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरे । उनले पन्जाबको जितका लागि ७९ रनको महत्वपूर्ण योगदान दिए । ४७ बल खेलेका गेलले ८ चौका र ४ छक्का प्रहार गर्दै ७९ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
सरफराज खानले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे । मयंक अग्रवाल २२ र निकोलस पुरनले १२ रन जोडे । राजस्थानका लागि बेन स्ट्रोक्सले २ विकेट लिए । त्यस्तै धवन कुलकर्णी र कृष्णप्पा गौतमले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४