बिहीबार, असोज ८, २०८३

दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल कुवेतसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुबबल टोली कुवेतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा पराजति भएको छ । सोमबार राती भएको खेलमा नेपाल कुवेतसँग १-० को झिनो अन्तरले पराजित भएको हो ।  

घरेलु टालीलाई जित दिलाउन कुवेतका युसुफ नासिरले खेलको एक मात्र निर्णायक गोल गरे । उनले खेलमो २९ औं पेनाल्टीमा गोल गर्दै कुवेतलाई जित दिलाए । पहिलो खेलमा गोलहित बराबरी खेलेको नेपालले दोस्रो मैत्रिपूर्ण खेलमा भने कुवेतलाई रोक्न सकेन् । 

दोस्रो खेलमा पनि कुवेतलाई बराबरीमा रोक्ने लक्ष्यका साथ मैदान उत्रिएकाो नेपालको योजना बिफल भयो । यस पराजितसँगै नेपालले कुवेतसँगको दुई मैत्रिपूर्ण खेलमा १ खेलमा हार र १ खेलमा बराबरी सहित अन्त्य गरेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय टोलीले समग्रहमा राम्रो खेलेको बताएका छन् । ‘हामीले राम्रो खेल्यौ दुर्भाग्य पेनाल्टीमा गोल भयो समग्रमा हामीले कुवेतलाई कडा टकर दियौं ।’ मुख्य प्रशिक्षक कालिनले भने, ‘यो प्रतियोगिताले हाम्रो कमजोरी पता लगाउन ठुलो सयोग भयो । जहाँ हामी सेट्पिस र फर्वाडमा हामी केही कमजोर देखीएका छौं ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।