बिहीबार, असोज ८, २०८३

सहीद कप क्रिकेट : जनकपुरको विजयी सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुरमा जारी तेस्रो सहीद कप क्रिकेट प्रतियोगितामा जनकपुर क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ। सोमबार सम्पत्र उद्घाटन खेलमा काठमाडौंको ओएसीस क्रिकेट टिमलाई ५६ रनले पराजित गर्दै जनकपुरले पहिलो जित हात पारेको हो।

टस जितेर पहिले व्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो। जनकपुरका लागि सुनिल चौधरीले सर्वाधिक ७० रन बनाए। ५९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। जनकपुरका अन्य ब्याट्सम्यानले भने सम्झनयोग्य प्रदर्शन गर्न सकेनन्।

जितका लागि १ सय ३२ रनको लक्ष्य पछ्याएको काठमाडौंको ओएसिस टिमले १८.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७५ रनमात्रै जोड्न सक्यो। काठमाडौंका सुनिल धमलाले सर्वाधिक १९ रन जोडे। यस्तै राजु रिजाल र राजेश पुलामी मगरले समान १७/१७ रन जोडे।

जनकपुरका लागि उत्कृष्ट ब्याटिङ गरेका सुधिर म्यान अफ द म्याच भए।

मंगलबार हुने पहिलो खेलमा काठमाडौं र भारत विहारको दरभंगा तथा दोस्रो खेल जनकपुर र कलैयाबीच हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।