बिहीबार, चैत २६, २०८२

रुसेल र रानाको उत्कृष्ट प्रदर्शनमा कोलकाता विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० त्रिकेटमा नितिस रानाको उत्कृष्ट अर्धसतकिय र आन्द्रे रुसेलको आक्रमक ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्सले सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजति गर्दै आइपिएलमा सुखद सुरुवात गरेको हो ।

हैदराबादले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो । कोलकाताका लागि नितिस रानाले उत्कृष्ट अर्धसतकिय पारी खेले । उनले ६८ रनको उत्कृष्ट अर्धसतकिय पारी खेलेका थिए । 

उनले ४७ बलको सामना गर्दै ८ चौका र ३ छका प्रहार गरे । त्यस्तै निकै नै आक्रमक ब्याटिङ गरेका आन्द्रे रुसेलले ४९ रनको अविजित पारी खेले । उनले १९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४९ रन जोडे । 

सुबमान गिलले अविजित १२ रनमा । रोबिन उथप्पाले ३५ रन जोडे । उनले २६ बलको सामना गर्दै तीन चौका र एक छक्काको मद्दतमा ३५ रन जोड । कप्तान दिनेश कार्तिक २, क्रिस लिन ७ रनमा पेभिलियन फर्किए । हैदराबादका लागि शाकिब अल हसन, सन्दीप शर्मा, रासिद खान र सिद्धार्थ काउलले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८१ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको हैदराबादका लागि डेभिड वार्नरले उत्कृष्ट अर्धसतकिय पारि खेलेका थिए । 

उनले ५३ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रनको अर्धसतकिय पारि खेलेका थिए । जोनी नबेयरस्टोले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे । 

त्यस्तै विजय संकरले २४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडे । मनिस पाण्डेयाले ८ तथा युसुफ पठानले १ रन जोडे । कोलकाताका लागि आन्द्रे रुसेलले २ तथा पियुस चावलाले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।