बिहीबार, असोज ८, २०८३

हामी पनि कुवेत भन्दा कम छैनौं : कप्तान विराज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले नेपाली टोली कुवेत भन्दा कम नभएको बताएका छन्। पहिलो मैत्रिपूर्ण खेलमा वुकेतलाई बराबरीमा रोक्दै हामी पनि बलियो छौं भन्ने देखाएको कप्तान विराजले बताएका छन्। 

‘कुवेत हामी भन्दा बलियो टिम हो। तर, उसलाई हामीपनि कम होइनौं भन्ने कुरा देखाएका छौं। दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं।’ कप्तान विरुाजले भने, ‘सबै खेलाडीहरुले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छन्। पहिलो खेलमा कुवेतलाई बराबरीमा रोकेकाले सोहि लयलाई निरन्तरता दिनकै लागि हामी मैदानमा उत्रने छौं।’ 

यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान योहान कालिनले पहिलो खेलको प्रदर्शनलाई निरन्तरता दिने बताएका छन्। ‘कुवेत हामीविरुद्ध आक्रामक अवस्थामा रहने छ। त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नुनै हो,’ मुख्य प्रशिक्षक कालिनले भने, ‘अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौं। हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो। टिममा धेरै बदलाव हुने छैन।’ 

कालिनले पहिलो खेलको नतिजाले खेलाडीमा आत्मविश्वास बढेको बताएका छन्। सोहि आत्मविश्वसले दोस्रो खेलमा पनि सकरात्मक नतिजा आउनेमा म विश्वस्त रहेको कालिनले बताए। 

नेपाल र कुवेतबिचको दोस्रो मैत्रिपूर्ण खेल सोमबार हुनेछ। खेल नेपाली समय अनुसार राती ९ः१५ बाट सुरु हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।