बिहीबार, चैत २६, २०८२

आठौं राष्ट्रिय खेलकुद बैशाख दोस्रो साता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
भैरहवा – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्माले) आठौं राष्ट्रिय खेलकुदको मिति केही साता पछि धकेलिन सक्ने बताएका छन्। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु निर्माण भइनसकेकाले तोकिएको मिति भन्दा प्रतियोगिता केही पर धकेलिन सक्ने उनले बताए।

आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालाको  स्थलगत निरीक्षण गर्न आएका उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘धेरै तयारी गर्नुपर्नेछ। केही समाग्री भन्सारमा आएको छ। सबै तयारी गर्दा बैशाख दोस्रो हप्तामा कार्यक्रम गर्नेगरी तयारी पुरा गर्छौं। ’

प्रदेश नं. ५ को नेपालगञ्जमा हुनलागेको आठौं राष्ट्रिय खेलकुदकालागी खेलाडी छनौटको चरण पनि लगभग सकिसकेको बताउँदै केही प्राविधीक कारणवश मिति सर्ने उनले बताए। यसअघि पनि सरकारले मंशिरमा, त्यसपछि पुस, त्यसपछि माघ र अहिले आएर चैत्र २२ गते कार्यक्रम गर्ने तयारी भएकोमा फेरी मिति सर्ने भएको हो।

मन्त्री विश्वकर्माले सरकार खेल क्षेत्रको समृद्धिकोलागी विगतमाभन्दा धेरै क्रियाशिल भएको दावीसमेत गरे। उनले भैरहवाको सिद्धार्थ रंगशालाको स्तरोन्नतीकोलागी सरकारले सम्पूर्ण सहयोग गर्ने पनि बताए। सरकारले देशभर ९ वटा रंगशाला निर्माण गरिरहेको बताउँदै मन्त्री  विश्वकर्माले भने, ‘देशका ९ वटा रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै छौं। त्यसमध्ये पनि प्राथमिकतामा सिद्धार्थ रंगशाला रहेको छ।’ उनले सिद्धार्थ रंगशालामै खेल अभ्यास गरेका धेरै क्रिकेट खेलाडी नेपाली राष्ट्रिय टिममा नेतृत्वदायी भूमिकामा रहेको स्मरण गर्दै सिद्धार्थ रंगशालाको स्तोरोन्नतीकोलागी सरकारले विगतदेखी बजेट छुट्टाएको भएता पनि अब त्यसको दायरा बढाउने बताए।

मन्त्री विश्वकर्माले सिद्धार्थ रंगशालाको थप आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अगाडी बढीसकेको बताउँदै जग्गा अधिग्रहण गर्दा आवश्यक मुआब्जा रकम तत्काल व्यवस्थागर्ने पनि बताए।

मन्त्री विश्वकर्मालाई जिल्ला खेलकुद विकास समितिका सभापति योग गुरुङग र  जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले सिद्धार्थ रंगशालाको स्तरोन्नतीको योजनाको बारेमा जानकारी गराएका थिए। सिद्धार्थ रंगशाला हाल ५ बिगाह १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। विगत केही वर्ष अगाडीसम्म खुल्ला रुपमा रहेको यो रंगशालालाई  तारजाली लगाएर हाल क्रिकेट खेलकोलागी मात्रै प्रयोग गरिदै आएको सिद्धार्थ रंगसालाको स्तरोन्नती गर्न तत्काल ११ कठ्ठा जग्गा थप अधिग्रहण गर्नुपर्ने गरी प्रक्रिया अगाडी बढाइएको पश्चिमाञ्चल खेलकुद विकास समिति सदस्य उमा अधिकारीले बताइन्।

मन्त्री विश्वकर्मालाई नेकपामा नेताहरु हितराज पन्थि, प्रेम कुमार सेन्चुरी, चोपलाल आचर्य, जिवलाल अर्याल लगायतले सिद्धार्थ रंगशालाको स्तरोन्नती, देविनगरस्थित एन्फा एकाडेमीको स्तरोन्नती तथा अन्य खेलकुद मैदानको व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।