काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० त्रिकेटमा वार्नरको उत्कृष्ट प्रदर्शनको मद्दतले सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई जितका लागि १ सय ८२ रनको लक्ष्य सुम्पेको छ ।
टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८१ रन जोडेको हो । उत्कृष्ट सुरुवात गरेको हैदराबादका लागि डेभिड वार्नरले अर्धसतकिय पारि खेले ।
उनले आफ्नो ३१ औं बलमा छक्का प्रहार गर्दै अर्ध सतक पुरा गरेका थिए । ५३ बल खेलेका वार्ननरले ९ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रन जोडे । उनले जोनी बेयरस्टोसँग पहिलो विकेटमा लागि १ सय १८ रनको साझेदारी गरेका थिए ।
नबेयरस्टोले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे । त्यस्तै विजय संकरले २४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडे । मनिस पाण्डेयाले ८ तथा युसुफ पठानले १ रन जोडे ।
कोलकाताका लागि आन्द्रे रुसेलले २ तथा पियुस चावलाले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४