आइतबार, साउन १७, २०८३

एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख दिने भएको छ । फुटबल श्रेत्रमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले एक जना फुटबल खेलाडीलाई २५ लाख नगज पुरस्कार दिने जनाएको हो । 

यसअघि बर्षको सर्वोत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट दिने गरिए पनि खेलाडीलाई अपार्टमेन्टमा समस्या आउने भएकाले हाल नगद २५ लाख दिने निर्णय गरेको हो । खेलाडीले पाउने २५ लाखमा सरकारले २० लाख उपलब्ध गराउने छ भने बाब्की ५ लाख एन्फाले थप्नेछ । 

२०७३ सालमा राजु तामाङलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै २५ लाख रुपैयाँ सहित सम्मान गरेको थियो । एन्फाभित्र आन्तरिक विवाद चुलिएपछि पुरस्कार वितरणको काम रोकिएको थियो । 

सुरुमा कार दिने प्रावधा पश्चात एन्फाले अपार्टमेन्ट पुरस्कार दिने कामको थालनी गरेको थियो । अपार्टमेन्ट सागर थापा, रितेश थापा र राकेश श्रेष्ठले अपार्टमेन्ट पाएका थिए । कार पुरस्कार उपेन्द्रमान सिंह र हरी खड्काले पाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।