विराटनगर- पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधी भारतले जितेको छ । शुक्रबार शहिद रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३-१ गाले अन्तरले पराजति गर्दै भारतले पाँचौ साफको उपाधि जितेको हो ।
फाइनल खेलमा नै चार पटक नेपाललाई नै पराजित गरेका भारतको यो लगातार पाँचौ उपाधि हो । साफ महिला च्याम्पियनसिपको उपाधि अहिले सम्म कुने पनि अन्ये दक्षिण एसियाली राष्ट्रय जित्ने सकेको छैन् । यति सम्मकी साफमा भारतलाई कुनै पनि खेलमा कुनै पनि टोली अहिले सम्म पराजित गर्न सकेको छैन् । नेपाल भने साफमा चौथो पटक उपविजेत बनेको छ ।
पहिलो हाफमा १-१ भएको खेलको दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्दै भारतले थप दुई गोल गर्यो । पहिलो हाफमा मध्यम प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने सन्तोस जनक प्रदर्शन गर्न सकेन् ।
खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा छिब्बरले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । नेपाली खेलाडीले भारतका डिफेन्डरलाई फाउल गरे पछि करिब ३० याडमा पाएको फ्री-किक प्रहारमा डालिमाले सहजै बललाई जाली चुमाएकी थिइन् ।
तर, पहिलो हाफमा भारतको अग्रता लामो समय टिक्न सकेन । भारतले अग्रता लिएको ७ मिनेट नबित्दै नेपालकी स्ट्राइकर सावित्रा भण्डारिले गोल गर्दै खेल बराबरीमा ल्याइन । उनले गिता रानाको लामो एयर बलमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
तर, दोस्रो हाफमा नेपालले थप गोल गर्न नसक्दा नेपालको उपाधि जित्दै इतिहास रच्ने सपना अधुरै रह्यो । खेलको ६३ औं मिनेटमा ग्रेस डाङ्मेइले गाले गर्दै भारतलाई पुनः २-१ को अग्रता दिलाइन् । उनले वान भर्सेज वानको स्थितिमा नेपाली डिफेन्डरलाई बिट गर्दै गोलकिपर अन्जिला अगाडी बढेको फाइदा उठाउदै सहजै गोल गरिन् ।
ग्रेसको गोल प्रहारलाई डिफेन्डर पुनम जर्घा मगरले बचाउन खोजे पनि बललाई क्लियर गर्न सकिनन् । ७८ औं मिनेटमा सब्सिच्युट खेलाडी अन्जु तामाङले गोल गर्दै भारतलाई ३-१ को जित दिलाइन् ।
यसअघि १३ औं मिनेटमा सावित्रा भण्डारिले दिएको पासमा मन्जली कुमारी योन्जनले हरेको प्रहारलाई भारतकी गोलरक्षक अदिती चौहानले सहजै बचाईन । त्यस्तै १७ औं मिनेटमा भारतकी ग्रेस डङ्ग्मेइले दिएको ब्याक पासमा सन्जुले डिबस्क लाइनबाट गतेको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बले सहजै बचाउ गरिन ।
१९ औं मिनेटमा कप्तान निरु थापाको पासमा भारतको एक डिफेन्डरलाई बिट गर्दै डिबक्स भित्रबाट गरेको प्रहार आकासिदा नेपाल अग्रता लिनबाट चुक्यो । २३ औं मिनेटमा अनिता बस्नेतको लामो पासमा सावित्राको प्रहारलाई गोलरक्षक अदितिले सहजै बचाइन ।
इन्जुरी समयमा अनिताको लामो पासमा सावित्राले गोल गर्ने सुनौलो अवसर खेरफालीन् । ८२ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अदितीले बचाउ गरिन ।