बिहीबार, चैत २६, २०८२

नेपाल र भातरबिचको पहिलो हाफ बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर-  पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधी भिडन्तमा नेपाल र भारतले पहिलो हाफमा बराबरी खेलेको छ । उपाधिका लागि शुक्रबार शहिद रंगशालामा भएको खेलमा दुबै टोलिले पहिलो हाफ १-१ को बराबारी खेलेका हुन ।

निकै नै आक्रमक बनेको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा छिब्बरले गोल गर्दै सुरुवाती अग्रता दिलाई । नेपाली खेलाडीले प्रतिद्वन्दी खेलाडीलाई फाउल गरे पछि करिब ३० याडमा पाएको फ्री-किक प्रहारमा डालिमाले सहजै बललाई जाली चुमाइन । 

तर, भारतको अग्रता लामो समय टिक्न सकेन । भारतले अग्रता लिएको ७ मिनेटमा नबित्दै नेपालकी स्ट्राइकर सावित्रा भण्डारिले गोल गर्दै खेल बराबरीमा ल्याइन । उनले गिता रानाको लामो एयर बलमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन ।

यस अघि १३ औं मिनेटमा सावित्रा भण्डारिले दिएको पासमा मन्जली कुमारी योन्जनले हरेको प्रहारलाई भरतकी गोलरक्षक अदिती चौहानले सहजै बचाईन । त्यस्तै १७ औं मिनेटमा भारतकी ग्रेस डङ्ग्मेइले दिएको ब्याक पासमा सन्जुले डिबस्क लाइनबाट गतेको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बले सहजै बचाउ गरिन । 

१९ औं मिनेटमा कप्तान निरु थापाको पासमा भारतको एक डिफेन्डरलाई बिट गर्दै डिबक्स भित्रबाट गरेको प्रहार आकासिदा नेपाल अग्रता लिनबाट चुक्यो । २३ औं मिनेटमा अनिता बस्नेतको लामो पासमा सावित्राको प्रहारलाई गोलरक्षक अदितिले सहजै बचाइन । इन्जुरी समयमा अनिताको लामो पासमा सावित्राले गोल गर्ने सुनौलो अवसर खेरफालीन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।