आइतबार, साउन १७, २०८३

‘मेस्सी धेरै थकित छन्’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका सुपस्टार खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीमा आफ्नो यात्रा पुनः जिवित राख्न टोलीका फर्किएका छन् । उनी लामो समयको अन्तराल पछि अन्तर्राष्ट्रि मैत्रिपूर्ण खेल मार्फत राष्ट्रिय टोलीमा पुनरागमन गर्दै छन् । 

तर, मेस्सीलाई देखेर अर्जेन्टिनाका पुर्व स्ट्राइकर तथा प्रशिक्षक सेसर लुइस मेन्टिटीले भ्यानेजुयलाविरुद्धको मैत्रिपुर्ण खेलाका लागि चिन्ता व्यक्त गरेका छन् । ३१ बर्षीय मेस्सी रुस विश्वकप पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् । 

उनले पछिल्लो तीन महिनामा ६ गोल गरेका छन् । जहाँ उनको एक ह्याट्रिक समावेश छ । तर, पुर्व प्रशिक्षक मेन्टिटी मेस्सीको अवस्थाबा बारेक चिन्तीत छन् । हाल अर्जेन्टिनी राष्ट्रिय टोलीका डिरेक्टरको रुपमा रहेका मेन्टिटीको प्रशिक्षणमा रहेको बेला अर्जेन्टिनाले सन् १९७८ मा विश्वकप जितेको थियो ।

‘म मेस्सी प्रति चिन्तीत छु । मैले उनलाई च्याम्पियन्स लिग र राष्ट्रिय टोलीबिच महत्वपूर्ण भावनात्मक थकान देखी रहेको छु । मलाई मेस्सी धेरै थकित जस्तो लागी रहेको छ ।’ 

अर्नेन्टिनी राष्ट्रिय टोलीका डिरेक्टर मेन्टिटीले भने, ‘यदी उनी अर्जेन्टिनासँग खेल्न चाहन्छन् भने राम्रो । किनकी मेस्सी कसैलाई आशा नभएको कुरा गर्न सक्छन् । तर मलाई जो बिषय उनको बारेमा आश्चर्यचकित गर्छ त्यो उनको निरन्तरता हो ।’ अर्जेन्टिनाले शुक्रबार भ्यालेन्जुयलासँग मैत्रिपुर्ण खेल खेल्दै छ भने त्यको चार दिन पछि मोरोक्कोसँग खेल्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।