बिहीबार, चैत २६, २०८२

नेपाल र कुवेतले बराबरी खेले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बराबरी खेलेका छन् । बिहिबार राती भएको खेलमा नेपालले कुवेतसँग गोल रहित बराबरी खेलेको हो । 

कुवेतको घरेलु मैदान अल साहबबमा भएको खेलमा घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो । तर, घरेलु टोलीले खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सहि सदुपयो गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले प्रहार गरेको पेनाल्टी आकासिएको थियो । 

डेब्यु खेलाडी अजित भण्डारीले विपक्षी खेलाडीलाई डिबक्सभित्र फाउल गरेपछि कुवेतले पेनाल्टी अवसर पाएको थियो । यस्तै कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । 

कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरिरहे । कुवेतविरुद्ध मुख्य प्रशिक्षक योहान कालिनले अजितसंगै बिमल राना, सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानलाई नेपाली राष्ट्रि टोलीमा डेब्यु गराएका थिए । कुवेतसँगको बराबरीसंगै मुख्य प्रशिक्षक कालिनको डेब्यु खेल सुखद नै बनेको छ । 

योसँगै नेपालले १९ बर्षपछि कुवेतसँग बराबरी खेल्न सफल भएको छ । यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसँग ५-० ले पराजित भएको थियो । दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।