आइतबार, साउन १७, २०८३

जर्मनी सर्बियासँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बुधबार राती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ ।  घरेलु मैदामा जर्मनीले सर्बियासँग १-१ को बराबरी खेलेको हो ।

सर्बियाका लागि लुका जोभिकले गोल गरेका थिए भने जर्मनीका लागि लियोन गोर्टेज्काले गोल गरेका थिए । खेलको पहिलो हाफमा १-० ले पछि परेको अवस्थानमा पुनरागनम गर्दै जर्मनीले खेल बराबरीमा ल्यएको थियो । 

खेलको १२ औं मिनेटमा जर्मनी सर्बियासँग १-० ले पछि परेको थियो । सर्बियाका लागि  लुका जोभिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६९ मिनेटमा गोर्टेज्काले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

खेलको इन्जुरी समयमा सर्बियाका मिलान पाभकोभले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेका थिए । पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए । 

जसको कारण सानेको हड्डी भाचिएको बताईएको छ । युरोकप छनोटको तयारीमा रहेको जर्मनी र सर्बियाले मैत्रीपुर्ण खेल खेलेको हो । जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।