बिहीबार, चैत २६, २०८२

उपाधिका लागि नेपाल र भारत भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- विराटनगरस्थित शहिद रंगशालामा जारी पाँचौ संस्करणको साफ महिला फुटबल  च्यम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४-० गोल अन्तरले पराजति गरेपछि उपाधिका लागि नेपाल र भारतको भेट पक्का भएको हो । 

भारतको जितका लागि खेलको १८ औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै सुरुवाती अग्रता दिलाइन् । सन्जुको कर्नर प्रहारमा बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले अगाडी बढेर बचाउ खोज्दा हातमा लागेर फर्केको बललाई डालिमाले वनटच गोल गरेकी हुन । 

२३ औं मिनेटमा इन्दुमती काथिरेसानले गोल गर्दै अग्रता दोब्बर पारीन् । डालिमाको लामो क्रसलाई सन्जुले नियन्त्रणमा लिँदै उपलब्ध गराएको पासमा इन्दुमतीले समजै गाले गरेकी हन् । ३७ औं मिनेटमा इन्दुमतीले नै व्यक्तीगत दोस्रो गोल गर्दै भारतको अग्रता ३-० को पारिन् । 

उनले सन्धिया रंगनाथनको पास गोल गरेकी हुन् । त्यस्तै इन्जुरी समयमा मनिसाले गोल गर्दै भारतलाई ४-० को जित दिलाइन् । सन्जुको क्रसमा अन्जु तामाङले गरेको प्रहार गोलरक्षक रुप्नाबाट फर्केर आएको बललाई गोलमा परिणत गरेकी हुन् ।

पाँचौ संस्करण सम्म लगातार फाइनल पुग्ने भारत पहिलो राष्ट्र हो । साफ महिला फुटबलका चार संस्करण सम्पन्न हुदा चारै संस्करणको उपाधि उचाल्दै भारतले साफ महिला च्याम्पियनसिपमा एक छत्र राज गर्दै आएको छ । 

नेपाल भने यसअघि लगातार तीन संस्करणमा फाइनल पुगेको थियो भने चौथो संस्करणमा भारतसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
अब नेपाल र भारतबिचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।