आइतबार, साउन १७, २०८३

पहिलो हाफमा नेपालको १-० को अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- श्रीलंकासँगको सेमिफाइनल खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ । सुरुवाती समय देखीनै आक्रम खेल प्रस्तुत गरेको खेलालले सुरुवाती अग्रता लिन धेरै लामो समय कुर्नु पर्यो । श्रीलंकाको डिफेन्सलाई तोड्न नसकेको नेपालले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहदाँ मात्र श्रीलंकाविरुद्ध सुरुवाती अग्ता लिएको हो ।

खेलको ४२ औं मिनेटमा नेपालले पुनम जर्घा मगरको गोलबाट सुरुवाति अग्रता लियो । गिता रानाको फ्री किक प्रहारमा सप्तान निरुको बाईसाइकल किकमा सावित्राले हेडर मार्फत पास दिदै पुनमले उत्कृष्ट वन टच  गोल गरेकी हुन ।

त्यस अघि खेलको चौथो मिनेटमा कप्तान निरु थापाको पासामा डि बक्स नजिकैबाट अनिता बस्नेतले गरेको प्रहार करसर बारको केहि माथिबाट बहिरिदा नेपाला अग्रता लिनबाट चुकेको थियो । १० औं मिनेटमा अनिताको कर्नर प्रहारमा कप्तान निरुको हेडर मथिल्लो बारबाट बहिरियो । 

१६ औं मिनेटमा अनिताको पासमा सावित्रा भण्डारीले वान भर्सेज वानको स्थितिमा गरेको प्रहार श्रीलंकाकि गोलरक्षक आयोमी एस विजेरत्नले उत्कृष्ट बचाउ गरिन । २२ औं मिनेटमा दिपा राईको एयर पासमा सवित्राको हेडर खेर गयो । 

३१ औं मिनेटमा मन्जाली कुमारी योन्जनको पासमा सावित्रा र निरु समयमै पुग्न असक्दा अग्रता लिनबाट चुके । ३४ औं मिनेटमा अनिताको करनर प्रहारमा गिता रानाको हेडरलाई गोलरक्षक आयोमीले उत्कृष्ट बचाउ गरिन । 

३६ औं मिनेटमा २० यार्डबाट मन्जलिले गरेको पहारले दिशा लिन सकेन । ३७ औं मिनेटमा श्रीलंकाकि कप्तान इरन्दी लियानागेले नेपालकी गोलरक्षक अन्जली तुम्बापो सुब्ब अघि बढेको अवस्थामा गोल गर्न सकेन्न ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।