एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल विश्व फुटबलमा चर्चित एक लिग हो । जहाँ प्रतिस्पर्धा गर्ने क्लबहरुका विश्वभर थुप्रै समर्थकहरु रहेका छन् । प्रतियोगितामा थुप्रै किसिमका उत्कृष्ट र चाखलाग्दा गोल हुने गर्द छन् ।
तिनै गोल मध्यको एक टोल पेनाल्टी गोल । इंग्लिस प्रिमियर लिगको मात्र कुरा गर्ने हो भने थुप्रै गोल पेनाल्टीमा भएका छन् । तर, प्रिमियर लिगमा पेनाल्टीबाट सर्वाधिक गोल गर्ने खेलाडी को हुन् त ?
उनीहरुले हाल सम्म पेनाल्टीमा सर्वाधिक कती गोल गरेका छन् र को को हुन् ? त्यो सबैको चासोको बिषय बन्ने गरेको छ । त्यसैले हामीले तयार पारेको प्रिमियर लिगमा सर्वाधिक पेनाल्टी गोल गर्ने शीर्ष गोल कर्ताको सुचि यस्तो छ ।
१०. लैटन बैनेस-२०
एभर्टनका लेफ्ट ब्याक डिफेन्डर लैटन बैनेसले १४ सिजन प्रिमियर लिगमा बिताए । प्रिमियर लिगमा दुई सिजन विगान एथ्लेटिकबाट खेलेका लैटनले १२ सिजन एभर्टनबाट खेले । गत सिजनमा प्रिमियर लिगका २२ खेल खेलेका उनले जारी सिजनमा ६ खेल मात्र खेलेका छन् ।
लैटन प्रिमियर लिगमा पेनाल्टीबाट सर्वाधिक गोल गर्ने शीर्ष १० औं खेलाडी हुन् । उनले प्रिमियर लिगमा बिताएका खेल जीवनमा २२ पेनाल्टी प्रहार गरेका थिए । २२ पेनाल्टी प्रहार गर्दा २० पेनाल्टी सफल भए । जुन ९०.९ प्रतिशत सफल पेनाल्टी हो ।
९. डेभिड अन्सवोर्थ-२२
वेस्टहाम, एस्टो भिल्ला र एभर्टनका पुर्व डिफेन्डर डेभिड अन्सर्वोथ प्रिमियर लिगमा पेनाल्टीबाट सर्वाधिक गोल गर्ने खेलाडीको नवौं स्थानमा छन् । उनले प्रहार गरेका २६ पेनाल्टीमा २२ पेनाल्टी सफल भए । जुन ८४.६ प्रशिसत सफल हो ।
८. मार्क नोबेल-२२
वेस्टह्यामका कप्तान समेत रहेका ३१ बर्षीय मार्क नोबेल प्रिमियर लिगमा पेनाल्टी मार्फत सर्वाधिक गोल गर्ने खेलाडीको आठौं स्थानमा छन् । उनले प्रिमियर लिगमा हाल सम्म २२ पेनाल्टी सफल गरेका छन् । उनले भर्खरै मात्र न्युकास्टल र क्रिस्टल प्यालेसविरुद्ध प्रहार गरेका थिए । जुन सफल पेनाल्टीमा पर्दछन् ।
७. थेरी हेन्री-२३
गुर्नर लेजेन्ड थेरी हेन्री एक सान्त स्वभावका खेलाडी हुन् । उनले प्रिमियर लिगमा २५ पेनाल्टी प्रहार गरे । २५ पेनाल्टीमा २३ पेनाल्टी सफल गरेका उनले प्रिमियर लिगमा सर्वाधिक पेनाल्टी गोलकर्ताको सातौं स्थानमा छन् । जुन थेरीको ९२ प्रतिशत सफल पेनाल्टी हो ।
६. वेन रोनी-२३

म्यानचेस्टर युनाइटेड तथा एर्भटनका पुर्व स्ट्राइकर वेन रोनी प्रिमियर लिगमा पेनाल्टीमा सर्वाधिक गोल गर्ने खेलाडीको छैटौं स्थानमा छन् । उनको खेल जिवनमा पेनाल्टी अवसर प्रयाः उनैलाई दिने गरिथ्यो । जस कारण उनले प्रिमियर लिगमा ३१ पेनाल्टी प्रहार गरे । ३१ पेनाल्टीमा २३ पेनाल्टी सफल पारे । जुन प्रहार गरेको पेनाल्टीको ७४.१ प्रतिशत सफल हो ।
५. सर्जियो अगुइरो-२४

३० बर्षीय अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले पछिल्लो केही बर्ष यता म्यानचेस्टर सिटीका लागि पेनाल्टी गोल गर्न थालेका हुन् । र उनी पेनाल्टीमा सफल समेत भएका छन् । उनले २८ पेनाल्टी प्रहार गर्दै २४ पेनाल्टी सफल गरेका छन् । उनले ८५ प्रतिशत पेनाल्टी सफल पारे ।
४.माट ली टिसिएर-२५
माट मात्र पेनाल्टी गोल गर्ने पहिलो तथा उत्कृष्ट खेलाडी भने हैनन् । तर उनी पेनाल्टीमा गोल गर्ने महान खेलाडी हुन् । उनले आफ्नो प्रिमियर लिग जीवनमा पेनाल्टी प्रहार गर्दा मात्र एक पेनाल्टी असफल गरेका थिए । यसको मतलब उनले २६ पेनाल्टी प्रहार गर्दा २५ पेनााल्टी सफल पारेका हुन् । जुन ९६.२ प्रतिशत सफल हो ।
३.स्टिभ जिरार्ड-३२

स्टिभ जिरार्ड एक समय लिभरपुलका लागि पेनाल्टीका बादशाह थिए । जब लिभरपुले पेनाल्टी अवसर प्राप्त गर्ने गर्दथ्यो । उक्त पेनाल्टी उनी नै प्रहार गर्दथे । उनले प्रिमियर लिगमा ४१ पेनाल्टी प्रहार गरे । जहाँ ३२ पेनाल्टी सफल भए । जुन प्रहार पेनाल्टीको ७८ प्रतिशत सफल हो ।
२. फ्राङ्क लाम्पार्ड-४३

फ्राङ्क पेनाल्टीमा गोल गर्न माहिर खेलाडी हुन् । उनी पेनाल्टी गोल गर्न निकै चतुर पनि मानिन्छन् । जहाँ ५० पेनाल्टी प्रहार गर्ने अवसर पाएका थिए । उनले ५० पेनाल्टीमा ४३ पेनाल्टी सफल पारे । जुन ८६ प्रतिशत सफल हो ।
१.एलन सेयसर-५६

प्रिमियर लिगमा सर्वाधिक पेनाल्टी गोल गर्ने एलन सेयसर हुन् । उनले प्रिमियर लिगमा बिताएको आफ्नो फुटबल जिवनमा पेनाल्टी प्रहार गर्दै सर्वाधिक पेनाल्टी सफल गोल कर्ता बने । ६७ पेनाल्टी प्रहार गरेका एलनले ५६ पेनाल्टी सफल पारे । जुन ८३.६ प्रतिशत सफल पेनाल्टी हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४