जनकपुरधाम - हङकङमा सम्पत्र तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक जित्न सफल सप्तरीका अजित यादवलाई प्रदेश सरकारले पाँच लाख नगद पुरस्कार दिने घोषणा गरेको छ।
सोमबार सम्पत्र प्रदेश २ को मन्त्रिपरिषद बैठकले स्वर्ण पदक जितेर देश र प्रदेशको नाम विश्वस्तरमा स्थापित गरेको भन्दै अजितलाई प्रोत्साहनस्वरुप पाँच लाख नगद पुरस्कार दिने निर्णय गरेको हो।
नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो पहिलो पटक हो। हङकङमा भएको ३ हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन्। उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४