आइतबार, साउन १७, २०८३

एनसीएलकाे पुरस्कार राशी घाेषणा, रेखा क्रिकेट टाेली मालिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ’एनसीएल वुमन्स टी-ट्वान्टी क्रिकेट’ लिगमा सहभागी ४ टोली, मार्की खेलाडी र पुरस्कार राशी सार्वजनिक गरेको छ।

प्रतियोगिता आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै टोली, मार्की खेलाडी तथा पुरस्कार राशी घोषणा गरेको हो। प्रतियोगिताको पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन्। भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।

यसैबीच नायिका रेखा थापाले क्रिकेट टोली खरिद गरेकी छन्। रेखाले काठमाडौंको टोली खरिद गरेकी हुन्। यस्तै भैरहवाको टिम मालिकमा अनिल भण्डारी र दिपक सुवेदी, विराटनगरको अनुप सक्सेना र धनगढीको टीम मालिकमा हरि खनाल रहेका छन्।

विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख पाउने आयोजक एनसिएल स्पोर्टस प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।