बिहीबार, चैत २६, २०८२

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- लिभरपुल इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र जेम्स मिल्नरले एक एक गोल गरे । फुलहमका रायन बाबेलले एक गोल फर्काए । खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । 

फुलहमको मैदानमा भएको खेलामा लिभरपुलले खेलको पहिलो हाफमा १-० को अग्रता मानेको गोलबाट लिएको थियो । दोस्रो हाफमा एक गोल थप गर्दा एक गाोल खान पुग्यो । खेलको ७४ औं मिनेटमा फुलहमका बाबेलले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

तर, ८१ औं मिनेटमा मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३१ खेलबाट ७६ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटि भ्नदा २ अंकको अग्रता बनाएको छ । सिटीले भने एक खेल कम खेलेको छ । पराजित फुलहम १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।