आइतबार, साउन १७, २०८३

रोनाल्डोविनाको युभेन्ट्सको पहिलो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा पहिलो हाफ व्यहोरेको छ । आइबार बेलुका भएको खेलमा जिनोआसँग २-० गोल अन्तरले पराजित हँदै सिरी ‘ए’को जारी सिजनमा पहिलो हार व्यहोरेको हो ।

रोनाल्डोलाई आराम दिइएको उक्त खेलको पहिलो हाफमा युभेन्ट्सले बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा दुई गोल खार्दै युभेन्ट्सले सिजनको पहिलो हार व्यहोरेको हो । जिनोआलाई जित दिलाउन स्टेफानो स्टुरारो र गोरन पानडेभले एक एक गोल गरे । 

खेलको ७२ औं मिनेटमा स्टेफानोले गोल गर्दै जिनोआलाई अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा पानडेभले गोल गर्दै जारी सिजनमा युभेन्ट्सलाई २-० को पहिलो हार चखाए । युभेन्ट्सले लिगका २८ खेल खेल्दा २४ खेलमा स्पस्ट जित, तीन खेलमा बाबरी र एक खेलमा हार व्येहोरोको छ ।

जिनोआसँग पराजित भएपनि युभेन्ट्स लिगको शीर्ष स्थानमा यथावत रहेको छ । युभेन्ट्सले २८ खेलबाट ७५ अंक जोडेको छ । जितसंगै जिनोआले २८ खेलबाट ३३ अंक जोडेको छ ।  जिनोआ लिगको १२ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।