बिहीबार, चैत २६, २०८२

एमबप्पे र डी मारियाको गोलमा पिएसजी विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरीस सेन्ट जर्मेन (पिएसजी) ले २० अंकाको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा मार्सेइलीलाई ३-१ ले पराजित गर्दै पिएसजीले शीर्षस्थानमा २० अंकको अग्रता बनाएका हो । 

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन एन्जल डी मारियाले २ गोल तथा युवा खेलाडी केलियन एमबाप्पेले एक गरे । मार्सेइलीका लागि भालेरे जर्मेइनले एक गोल गरे । खेलको पहिलो हाफमा एक गोलको अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप दुई गाोल गर्द एक गाोल खान पुगेको थियो । 

पहिलो हाफमो अन्तिम मिनेटमा युवा स्टार खेलाडी  एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । ४६ औं मिनेटमा जर्मेइनले गोल गर्दै मार्सेइलीलाई १-१ को बराबरीमा ल्याए । 

तर, ५५ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । ६६ औं मिनेटमा डी मारियाले नै व्यक्तीगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाए । खेलको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । 

उनको प्रहार मार्सेइलीका किपर योहान पेलेले बचाए । पिएसजीले २८ खेलबाट ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५७ अंक छ । पराजीत मार्सेइली ४७ अंक जोडेर चौथो स्थानमा छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।