बिहीबार, चैत २६, २०८२

मेस्सीको ह्याट्रिकमा बार्सिलोना विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटीसलाई ४-१ ले पराजित गर्दै सहज जित निकालेको हो । 

रियल बेटीसको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गर्दा लुइस स्वारेजले एक गोल गरे । यता रियलका लागि लोरेन मोरोनले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । 

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा थप दुई गाोल गर्दा एक खेल एक गोल खान पुग्यो ।  

६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारे । खेलको ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेल खेलमा फर्किने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले रियल बेटिसामथि ४-१ को सहजित निकालेको हो । ला लिगामा मेस्सीको यो ३३ औं ह्याट्रिक हो ।  

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ । पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।