बुधबार, चैत २५, २०८२

सिटी एफए कपको सेमिफाईनलमा, युनाइटेड बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- म्यानचेष्टर सिटीले स्वान्सी सिटीलाई पराजित गर्दै एफए कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा स्वान्सी सिटीमाथि ३-२ को संघर्षपूर्व जित निकाल्दै सिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीको जितका लागि बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले एक एक गोल गर्दै एक गोल आत्मघाती उपहार पाएको थियो । स्वान्सी सिटीका लागि ग्रिम्सले पेनाल्टी र बर्सेट सेलिनाले एक एक गोल गरेका थिए । 

पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको अवस्थालाई उल्टाउँदै सिटीले रोनाञ्चक जित निकालेको हो । खेलको २० औ मिनेटमा माट ग्रिम्सले पेनाल्टीमा गोल गर्दै स्वान्सीलाई सुरुवाती अग्रता दिलाए । 

२९ औ मिनेटमा बर्सेट सेलिनाले गोल गर्दै स्वान्सीको अग्रता दोब्बर पारे। । तर दोस्रो हाफमा लगातार सिटीले तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारे । ६९ औ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउए । 

७८ औ मिनेटमा स्वान्सीका गोलकिपर क्रिस्टोफर नार्डफेल्डको  आत्मघाति गोलमार्फत सिटीले खेल बराबरीमा ल्यायो । त्यस्तै ८८ औं मिननेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई रोमाञ्चक जित दिलाए । 

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाईटेड वुल्भ्ससँग २-१ गोल अन्तरले पराजित हुँदै एफए कप फुटबलबाट बाहिरिएको छ । वुल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र डिओगो जोताले एक एक गोल गरे । युनाईटेडका मार्कुस राष्फोर्डले एक गोल फर्काए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।