आइतबार, साउन १७, २०८३

जिदानको पुनरामगनसँगै रियलको जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शनिबार राती भएको स्पेनिस ला लिगामा रियलको जितसँगै मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका जिनेदिन जिदानको रियल यात्रा सुखद भएको छ । खराब लयबाट गुज्रिरहेको रियलले सेल्टा भिगालाई २-० गोल अन्तरले पराजित गर्दै जिदानको रियल पुनरामगन सुखद भएको हो । 

दोस्रो पटक क्लबको जिम्मेवारी समाल्न आएका जिदानले आफ्नो पहिलो खेलमा नै जित सहित घरेलु लिगको सुरुवात गरेका छन् । रियलको जितका लगि ईस्को र ग्यारेथ बेलले समान एक एक गोल गरे ।

पहिला हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले दुई गोल गर्यो । खेलको ६२ औ मिनेटमा ईस्कोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ७७ औ मिनेटमा बेलले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।

जितसँगै रियल लिगको तेस्रो स्थानमा यथावत छ । २८ खेल खेलेको रियको ५४ अंक छ । पराजित सेल्टा भिगो अन्तिम तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने ६३ अंक सहित बार्सिलोना यथावत छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।