बुधबार, चैत २५, २०८२

‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर भएको बंगलादेश राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक गोलाम रोब्बानी चोतोनले बताएका छन् । लामो समय बंगलादेश राष्ट्रिय महिला टोली सम्हालेका मुख्य प्रशिक्षक गोलाम रोब्बानीले सावित्रा एसिउाकै उत्कृष्ट मध्यको एक फुटबल खेलाडी रहेको बताएका हुन् । 

जारी पाँचौ साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगको खेल पछि मुख्य प्रशिक्षक गोलाम रोब्बानीले उक्त अभिव्यक्ति दिएका हुन् । ‘मलाई सावित्रा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मध्यको एक लाग्छ ।’ 

मुख्य प्रशिक्षक गोलाम रोब्बानीले भने, ‘सावित्रालाई रोक्न गाह्ररो छ । उनले चाहेको खण्डमा खेल जुन सुकै समयमा पनि परिवर्तन गर्न सक्छिन् ।’ उनले थपे, ‘सावित्रामा खेल परिवर्तन गर्न सक्ने क्षमता छ । त्यसैले उनी यो दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मध्यकी एक हुन् ।’ 

शनिबार साफमा बंगलादेशसँग नेपालले ३-० गोल अन्तरले जित निकाल्दा सावित्राले एक गोल र एक असिस्ट गरेकी थिइन् । उनले आत्माघाती गोलबाट नेपालले १-० ले अग्रता लिएको अवस्थानमा गोल गर्दै टोलीकामे अग्रता दोब्बर पारिन् । त्यसको केही समयमा नै सावित्राले पास मिलाउँदै मन्जली कुमारी योन्जनले गोल गरेकी थिइन् । 

सावित्राले बंगलादेको पोस्टमा बारम्बार प्रहार गर्दै विपक्षी टोली तथा गोलरक्षक रुप्ना चोक्मालाई दबाबमा राखेकी थिइन् । उनले मंगलबार भुटानसँग भएको उद्घाटन खेलमा नेपालले ३-० ले जित हात पार्दा एक गोल गरेकी थिइन् । 

सावित्राले भुटानविरुद्ध दोस्रो गोल गरेकी थिइन भने तेस्रो गोलमा असिस्ट गरेकी थिइन् । पछिल्ला दुई खेलमा दुई गोल र दुई असिस्ट गर्दा समेत उनलाई आफ्नो प्रदर्शनबाट आफै भने सन्तुष्ट छैनन् । ‘म आफै मेरो प्रदर्शनबाट सन्तुस्त छैन् । मैले जस्तो खेल्ने सोचिराखेको छु त्यो हुन सकेको छैन्,’ सावित्राले भनिन् ।

फरवार्ड सावित्राले नेपालका लागि २५ अन्तर्राष्ट्रिय खेल खेली सकेकी छन् । २५ अन्तर्राष्ट्रि खेलमा २४ गाले गरि सकेकी छन् । उनले जारी बर्षमा छ खेल खेल्दै ६ गोल गरेकी छन् । 
/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/sabitra_bhandari.jpg
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।