बिहीबार, असार ४, २०८३

आफ्नै पहलमा यसरी उठ्दैछ मेलम्ची [१५ तस्बिरमा]

मेलम्ची र इन्द्रावती नदीको संगममा रहेको मेलम्ची बजारमा यति बेला स्थानीय बासिन्दाको पहलमा धमाधम तटबन्ध निर्माण भइरहेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

महेश श्रेष्ठ

महेश श्रेष्ठ

बिहीबार, भदौ ३, २०७८

मेलम्ची– मेलम्ची र इन्द्रावती नदीको संगममा रहेको मेलम्ची बजारमा यति बेला स्थानीय बासिन्दाको पहलमा धमाधम तटबन्ध निर्माण भइरहेको छ। सबैरेदैखि साँझसम्म स्काभेटरको सहयोगमा किनारा संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन्। मेलम्ची पुनर्निर्माण तथा सरोकार समितिको पहलमा बस्ती संरक्षण, सरसफाइ र बाढीपीडितलाई राहत वितरण भइरहेको पुनर्निर्माण अभियन्ता सागर श्रेष्ठले बताए। बाढीले थुपारेको गेग्रान हटाएर सरसफाइ भइरहेको छ। 

National life

श्रेष्ठले भने, ‘समितिले बस्ती संरक्षण मात्र गरेको छैन, विपन्न बस्तीका बाढीपीडितलाई राहत पनि उपलब्ध गराउँदै छ।’ १६ गतेको बाढीले त्यो काम स्थगन भएको छ। अब तत्काल सुरु हुने स्थानीय बासिन्दाको योजना छ। 

स्थानीय बासिन्दा आफ्नै पहलमा रकम संकलन गरी मेलम्ची संरक्षणमा जुटेका छन्। श्रेष्ठले भने, ‘हाम्रो स्रोत भनेकै साथीभाइ आफन्त स्वदेश र विदेशमा रहेका शुभचिन्तक हुन्। हामीले स्थानीय सरकारसँग अहिलेसम्म एक रुपैयाँ पनि लिएका छैनौं।’

समितिको पहलमा मेलम्ची बजार आसपास रहेका बस्ती र दनुवार गाउँका बासिन्दालाई पनि राहत वितरण गरिएको छ। स्थानीय बासिन्दाको पहलमा बजार संरक्षण र पुनर्स्थापनाका लागि पहल भइरहे पनि स्थानीय सरकारले भने टुलुटुलु हेरेर बसेको भन्दै बजारबासी असन्तुष्ट छन्।


Shivam cement






















































प्रकाशित: Aug 19, 2021| 11:45 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।