आइतबार, साउन १७, २०८३

पहिलो हाफमा नेपालको ३-० को अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- आत्मघाती गोलबाट सुरुवाती अगाडी बढेको नेपालले पहिलो हाफमा ३-० को अग्रता लिएको छ । शहिद रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले बंदगादेशविरुद्ध ३-० को अग्रता दिएको हो । 

पहिलो हाफमा नेपालका लागि सनबित्रा भण्डारी र मन्जली कुमारी योन्जनले एक एक गोल गनिर भने एक गोल आत्मघमती उपहार पायो । खेलको छैठौं मिनेटमा नेपालले आत्मघाती गोलबाट सुरुवाती अग्रता लियो । 

नेपाली खेलाडीले पोस्टतिर गरेको प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा अगाडी बढेको अवस्थामा बंगलादेशकै मसुरा परविनले ब्यकसाप दिन खोज्दा बल गोलमा परिणत भएको थियो । २३ औं मिनेटमा स्ट्राइकर साबित्रा भण्डारीले गोल गरिन् । 

उनले हिरा भुजेलको पासलाई डिफेन्डरलाई बिट गर्दै अगाडी बढाएको बललाई गोलकिपरले अगाडी बढेर बचाउन खोजेको मौकाको फाइदा उठाउदै गोल गरेकिहुन् । २८ औं मिनेटमा मन्जली कुमारी योन्जनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाईन् । उनले साबित्राको पासमा उत्कृष्ट गोल गरेकि हुन् ।

यसअघि खेलको पाँचौ मिनेटमा साबित्राले वान भर्सेज वानको स्थितिमा अगाडी बढाएको बललाई गोल गर्न सकिनन् । १० औं मिनेटमा कप्तान निरु थापाले डि-बक्स नजिकैबाट सहज रुपामा गरेको प्रहार करसरबारमा लागेर बाहिरिए । 

१६ औं मिनेटमा साबित्राले गरेको प्रहार गोलरक्षाकरुप्नाले क्लियर गर्न खोज्दा फर्किएको बलमा पुनः मौका पाए पनि गोल गर्न सकिनन् । १९ औं मिनेटमा हिरा कुमारी भुजेलले दिएको लामो पासमा साबित्राको हेडर प्रहारले दिशा लिन सकेन् । २४ औं मिनेटमा डि-बक्स नजिकैबाट साबित्राले गरेको प्रहार आबासिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।