एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी त्रिलस्टियानो रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका छन् । रुस विश्वकप पछि राष्ट्रिय टोलीबाट बहिर रहदै आएको रोनाल्डोराष्ट्रिय टोलीमा फर्किएका हुन् ।
उनी युरोकप छनोटका लागि राष्ट्रिय टोलीमा फर्किएका हुन् । रुस विश्वकपको शीर्ष १६ मा उरुग्वेसँग २-ज्ञ ले पराजित भएपछि उनी आफ्नै इच्छामा राष्ट्रिय टोली बाहिर रहेका थिए ।
उनी राष्ट्रि टोलीको सुरुवाती दुई खेलका लागि निकालिएको २५ सदस्सिय टोलीमा परेका छन् । यसअघि रोनाल्डो आफ्नै आग्रहमा विश्वकपपछि राष्ट्रिय टोलीबाहिर रहदै आएका थिए ।
सन् २०२० को युरोकपका लागि छनोटको समूह ‘बी’ मा रहेको पोर्चुगलले मार्चमा युक्रेन र सर्बियासँग खेल्दैछ । सुरुवाती दुई खेल मध्यमा २२ मार्चमा युक्रेनसँग खेल्ने छ भने २५ मार्चमा सर्बियासँग खेल्नेछ ।
‘रोनाल्डो विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन् । जो राष्ट्रिय टोलीमा फर्किएका छन् ।’ प्रशिक्षक फर्नान्डो सान्टोसले भने, ‘रोनाल्डो भए जुन सुकै टोलली पनि बलियो हुन्छ । जो कुरा उनी राष्ट्रिय टोलीमा अनुपस्थितले देखाएको छ । अब टोली उनी जस्तै बलियो बनेको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४